site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको क्षेत्रमा फालाफाल बजेट, यहीँ हो समावेशी राजनीति : चित्रलेखा यादव 

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवले कसैले नपाउने र पहुँचवालाहरूको क्षेत्रमा बजेट फालाफाल हुने कुरा नै समावेशी राजनीति हो भन्दै प्रश्न गरेकी छन् । 

बीपी साहित्य महोत्सवका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमको ‘समावेशिता, सामाजिक रूपान्तरण र बीपी’ सेसनमा बुधबार उनले बीपीको सपनाअनुसार चल्न नसकेको बताइन् । 

“पहुँचवालाहरू जो देशको प्रधानमन्त्री भयो उसको क्षेत्रमा बजेट फालाफाल हुने । जसको पहुँच छैन त्यहाँ केही पनि नहुने । यहीँ हो समावेशी राजनीति ? यहीँ हो सामाजिक रुपान्तरण ? बीपीको सपना यहीँ थियो त ?,” उनले प्रश्न गरिन् । 

बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापाले सहजीकरण गरेको कार्यक्रममा उनले युवा शक्ति बीपीको सपना भएको स्मरण गरिन् । तर, युवाहरू विदेश पठाउनुपर्दा दुःख लागेको बताइन् । 

“उहाँले बलियो युवा शक्तिको कल्पना गर्नुभएको थियो । आज ती युवा शक्तिहरू कहाँ छन् ? सबै निर्यात भएका छन् । नेपाल युवा शक्ति निर्यात गर्ने देशको रूपमा चिनिन्छ । दुःख लाग्छ,” उनले भनिन् । 

कांग्रेसभित्र समस्या पहिचान गरे काम गर्न सक्ने नेता एक सय एक रहेको सुनाइन् । 

“समाजका सबै समस्यालाई पहिचान गरी समाधान गरेर राष्ट्रलाई सुखी सम्पन्न बनाउन सकिन्छ भनेर काम गर्नु समयको माग रहेको छ,” यादवले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro