site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इम्पोलीको पोस्टमा रोमाको सात गोल

काठमाडौं । पाउलो डिबालाको दुई गोलप्रेरित रोमाले इटालियन सिरी ‘ए’मा इम्पोलीविरुद्ध ७–० को फराकिलो जित निकालेको छ । जारी सिजन सिरी ‘ए’मा रोमाको यो पहिलो जित हो ।

आइतबार घरेलु मैदान स्टाडियो ओलिम्पिको टुरमा रोमाका लागि डिबालाले दुई गोल गर्दा रेनाटो सान्चेज, ब्रायन क्रिस्टान्टे, रोमेलु लुकाकु र जियालुका मान्सिनीले समान एक गोल गरे । रोमाले एक गोल भने इम्पोलीका अल्बर्टो ग्रासीबाट आत्मघाती उपहार पाएको थियो ।

दोस्रो मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै डिबालाले रोमालाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै सान्चेजले रोमाको अग्रतालाई दोब्बर बनाएका थिए । ३५औँ मिनेटमा ग्रासीबाट आत्मघाती गोल पाएपछि रोमाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

रोमाले दोस्रो हाफमा चार गोल थप्यो ।  ५५औँ मिनेटमा डिबालाको गोलबाट रोमाले अग्रतालाई ४–० मा पुर्‍याएको थियो । ७९औँ मिनेटमा क्रिस्टान्टेले गोल गर्दै रोमालाई ५–० को अग्रतामा राखे । त्यसको तीन मिनेटपछि नै लुकाकुले गरेको गोलबाट रोमाले अग्रतालाई ६–० मा पुर्‍यायो । ८६औँ मिनेटमा मान्सिनीले टिमका लागि सातौँ गोल गरेपछि रोमाले फराकिलो जितसँगै तीन अंक निश्चित गर्‍यो ।

जितसँगै चार खेलबाट चार अंक जोडेको रोमा तालिकाको १२औँ स्थानमा उक्लिएको छ । चार खेलसम्म जितविहीन इम्पोली पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro