site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरीका सामानसहित ६ किशोर पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । बारामा चोरीका सामानसहित ६ किशोर पक्राउ परेका छन् । महागढीमाई नगरपालिका–५, बगडमपुरका १३, १२ र १० वर्षीय र भारतको पूर्वी चम्पारणका १४ वर्षीय गरी ६ किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बगडमपुरका नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको थियो । खोजी तथा अनुसन्धानका क्रममा उनीहरूलाई चोरीका विभिन्न सामान लुकाइराखेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट सिक्री एकथान, सिक्का १४ थान, आँैठी एकथान, बिन्दिया १४ थान, लकेट दुईथान, कानको रिङ चारथान, फुली चारथान, क्यामेरा एकथान, मोबाइल एकथान, पायल १३ थानलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्