site stats
बाह्रखरी :: Baahrakhari
कला
कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माण हुने

काठमाडौं । निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम सार्वजनिक गरिएको छ । केही दिनअगाडि कृषाले जापान पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र साइन गरेकी थिइन् ।

यो चलचित्रको नाम ‘जहाजैमा’ राखिएको छ । चलचित्रको सार्वजनिक थिम पोष्टरमा एक पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । यो सिनेमाले जापान जाने सपना बोकेका युवाको कथा भन्नेछ ।

Argakhachi Cement Island Ad

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुने चलचित्रका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । 

सन् २०२६ मा रिलिज हुने चलचित्र भदौबाट छायांकन हुनेछ । चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्