site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् विधेयकमा निजी क्षेत्रको भूमिका बढाउन माग 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सरकारले संसद्मा दर्ता गराएको विद्युत् विधेयक, २०८० मा निजी क्षेत्रको भूमिका बढाउन माग गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले प्रस्तावित विधेयकमा विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिकालाई कमजोर पार्ने केही प्रावधान रहेको जनाएको छ । त्यसलाई सच्चाउँदै निजी क्षेत्रको भूमिका बढाउन माग गरिएको छ ।

संसद्‌मा दर्ता गरिएको विद्युत् विधेयकमा के छ ?

इप्पानले साविक विद्युत ऐन, २०४९ अनुसार नै विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्रको पाँच वर्ष र विद्युत् उत्पादन अनुमतिपत्रको ५० वर्ष कायम गर्न माग गरेको छ ।

यस्तै, निजी क्षेत्र आफैँले जलविद्युत् आयोजनाको पहिचान र विकास गर्न सक्ने भूमिका थप गर्न माग गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । उनले रोयल्टी बढाउने प्रस्ताव फिर्ता लिनुपर्नेमा जोड दिए ।

कार्कीले जलविद्युत्को क्षेत्रमा वित्तीय व्यवस्थापन अप्ठेरो अवस्थामा रहेकामा अरू धेरै सुझाव दिइएको उल्लेख गरे ।

प्रस्तावित विधेयकमा सबै तहका सरकारलाई क्षमताअनुसार अधिकार बाँडफाँट गरेजस्तो देखिए पनि सिमाना, नदी र राष्ट्रिय ग्रीडमा जोडिने विद्युत् आयोजनाका कारण स्थानीय सरकारले कुनै अधिकार नपाउने सम्भावना रहेको इप्पानले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro