site stats
बाह्रखरी :: Baahrakhari
देश
१०३ प्रकारका एन्टिबायोटिक औषधि अब उत्पादन र बिक्री गर्न नपाइने 

काठमाडौं । औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ । 

विश्व स्वास्थ्य संगठनद्धारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणहरूलाई रोक लगाउने निर्णय गरिएको हो ।  

नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् । 

१०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री  वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ । 

हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ । 

एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण गर्न र तथ्यमा आधारित उपचार प्रणालीलाई बढावा दिन यस्तो निर्णय गरिएको विभागले जनाएको छ । 

हेरौँ विभागको सूचना 

Not-recommended-Antibiotics-(1)-(1)-1694939682.jpg
 


 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्