site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बा प्र–०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका–१, बासखर्कका समीर तामाङ र त्यसमा पछाडि बसेका मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्यांकर र चालक मकवानपुरको थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवैजना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro