देश
भक्तपुर । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।
विशेष गरी बौद्ध समुदायमा यो पर्व मनाउने गरिन्छ । सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गरी यो पर्व मनाइएको छ ।
नेपालभाषामा ‘गुँ’को अर्थ नवौँ र ‘ला’को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गएको साउन ३२ गतेदेखि सुरु भएको यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी आज सम्पन्न भएको हो ।
बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतीकर्मी रामशेखर शाक्यले बताए । रासस
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० १६:५३
प्रतिक्रिया दिनुहोस्