site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
रोयल इन्फिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । 

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो सोमा सार्वजनिक गरेको हो । रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्कएडिसन र क्लासिक ३५० सीसी क्रोमएडिसन सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासिक ३५० सीसी डार्कएडिसनको मूल्य पाँच लाख २५ हजार रुपैयाँ र क्रोमएडिसनको मूल्य पाँच लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङसमेत खुलिसकेको कम्पनीले जानकारी दिएको छ ।

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको जानकारी दिइएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको बताइएको छ । अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत् राखेको पनि जानकारी दिइएको छ ।

यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआई रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ बे्रकहर्स पावर र चार हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने पनि बताइएको छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट फिचरहरू रहेका छन् ।

त्यस्तै लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro