site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोठाबाटै कल सेन्टर : २३ ल्यापटप र ३,७०० सिमसहित एक युवक पक्राउ

काठमाडौं । कल सेन्टर सञ्चालन गरेर अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–७ का २० वर्षीय मिलन थापा रहेका छन् । उनी हाल काठमाडौंस्थित कीर्तिपुरको पाँगामा बस्दै आएका थिए । पाँगा क्षेत्रमा कोठा भाडामा लिएर गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई ३,७०० थान सिम कार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरूका २७ थान नागरिकतासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro