site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगर महानगरका प्रहरीद्वारा जसपा मोरङ अध्यक्षमाथि दुव्यर्वहार, आन्दोलनको घोषणा
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरीले जनता समाजवादी पार्टी (जसपा)का मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेका छन् । घटनापछि जसपा मोरङले विराटनगर महानगरपालिकाविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

पार्टीको जिल्ला कार्यसमिति तथा भ्रातृसंगठनहरूको बैठकले विराटनगर महानगरका प्रहरीद्वारा भएको दुव्यर्वहारविरुद्ध विरोध प्रदर्शन, महानगर घेराउ र जनप्रतिनिधिलाई चेतावनी दिने कार्यक्रम तय गरेको बताइएको ।

बिहीबार बसेको बैठकबाट भ्रातृ संगठनहरूले शुक्रबार महानगर कार्यालय घेराउ गर्ने र नगर प्रहरीका इञ्चार्जसहित घटनामा संलग्नलाई बर्खास्त नगरुन्जेल आन्दोलन जारी रहने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यादवलाई बुधबार साँझ नगर प्रहरीले कठालो समाएर लछार पछार गरेका थिए । घटनाबारे यादवले भने, “गोल्डेन अस्पतास्थित आफनै औषधि पसलमा बसिरहेको थिएँ एक्कासी ठूलो संख्यामा आएका नगर प्रहरीले विवाद गर्दै मलाई लछार पछार गर्न थालेपछि घम्साघम्सी भयो ।”

त्यस क्रममा नगर प्रहरीले यादवलाई दुर्वाच्यसमेत बोलेको बताइएको छ ।

Global Ime bank

घटनाअनुसार सडकमा राखिएको एउटा सिटी रिक्सामा महागनरका प्रहरीले व्हिल लक लगाइदिएका थिए । चार घण्टासम्म नखोलेपछि आफू राजनीतिक पार्टीको अध्यक्ष भएको हिसाबले कुरा गरिदिन रिक्सा चालकले भनेपछि आफूले लक लगाउने नगर प्रहरीलाई ‘एक पटक माफी मगाएर, दोस्रो पटकदेखि गल्ती नगर्ने सर्तमा छाडिदिन आग्रह गरेको जानकारी दिए ।

यादवले भने, “गरिखाने मानिसलाई कनि दिनभरी त्यसै रिक्सामा लक लगाएर राख्नुहुन्छ । बरु अर्को पटकदेखि गल्ती नगर्ने सर्तमा छाडिदिनुहोस् भनेर म पसलतर्फ गएँ । तर, साँझमा एक्कासी हुल बाँधिएर आएका नगर प्रहरीले विवाद र गालीगलौज गर्दै मलाई दुव्र्यवहार गरे ।”

त्यस लगत्तै वडा प्रहरी कार्यालयमा छलफल भएको र घटनाबारे आफूले मोरङ प्रहरीलाई समेत जानकारी गराएको यादवले बताए ।

उनले भने, “मेयर नागेश कोइराला आफैँ आएर यादवलाई नचिन्दा घटना भएछ भन्नुभयो । नगर प्रहरीलाई नागरिकमाथि जाई लाग्ने अधिकार छैन । अब हाम्रो पार्टीले भोलिदेखि आन्दोलन घोषणा गरेको छ ।”

यादव मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उमेदवारसमेत थिए । उनी स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलसँग पराजित भएका थिए । जसपा केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्वसांसद जयराम यादवले महानगरको ज्यादतीविरुद्ध शुक्रबारदेखि आन्दोलन गरिने बताए ।

घटनाको अन्य राजनीतिक दलले पनि विरोध गरेका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्दै घटनाबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

"नगर प्रहरीले सम्मानित आदरणीय व्यक्तिमाथि गरेको दुर्व्यवहारको घोर भत्र्सना गर्दछु । विषय जे सुकै होस् महानगर प्रहरीलाई यो कुन कानुनले दिएको अधिकार हो ? र सचेत गराउन चाहन्छु ! महानगर प्रहरीलाई तिम्रो दादागिरीका लागि जनता र नागरिक जागे भने ठूलाठूला तानाशाहले घुँडा टेकेको इतिहास छ विराटनगरमा" चापागाईंले लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय