देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हेटौँडाको सन्चो अस्पतालमा दुई चिकित्सकमाथि भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूसँगको भेटमा प्रचण्डले कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनााएका हुन् ।
संघले बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाहीका लागि ज्ञापनपत्र बुझाएको छ ।
बिरामीको मृत्युको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो । कुटपिटमा संलग्न दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्