site stats
बाह्रखरी :: Baahrakhari
देश
अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

काठमाडौं । डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–१ मेलखर्कमा उक्त दुर्घटना हुँदा अर्का एकजना घाइते भएका छन् ।

भीमदत्त राजमार्ग अन्तरगत मेलखर्कमा गएराति भएको दुर्घटनामा डोटी पदम बलायर र केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

घाइते वीरबहादुर कुँवरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्