site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१२ कक्षा पासलाई विदेश जान रोक्नुपर्छ, नेपालमै श्रमशक्तिको आवश्यक छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चलाउनुपर्ने बताए । 

महतले विदेशमा गएपछि सबै समस्या हल हुने गरी शैक्षिक परामर्श केन्द्रहरूले प्रचार गरेको पनि बताए । आफू पनि विदेशमा बसेर आएकाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उनको भनाइ छ ।

अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिको आवश्यकता रहेको भए पनि विदेश जाने पद्धतिले समस्या निम्त्याएको दाबी गरे । उनले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको पनि बताए ।

उनले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरू खोल्ने डिन र भीसी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताए । 

उनले सरकारसँग स्रोत कम भएकाले पर्याप्त बजेट व्यवस्थापन गर्न सके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको बताए । उनले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरू धेरै रहेको उल्लेख गर्दै सबै मागहरूलाई सरकारले एकैपटक पूरा गर्न सक्ने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro