site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०८२ मंसिरभित्रै महाधिवेशन गराएरै छाड्छौँ : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८२ मंसिरभित्रै पार्टीको १५औँ महाधिवेशन गर्ने बताएका छन् । बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा महामन्त्री थापाले ०८२ सालको मंसिरभन्दा उता कुनै हालतमा महाधिवेशन नजाने जिकिर गरे ।

“नेपाली कांग्रेसको महाधिवेशन ०८२ सालको मंसिरभन्दा उता एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन जान दिइँदैन,” उनले भने ।

२०८२ सालमा चार वर्ष पुग्ने भएकाले चार वर्षभित्रै अधिवेशन गराई छाड्ने थापाको भनाइ छ । उनले ०८२ सालको वैशाख १ गतेबाट क्रियाशील सदस्यतासम्बन्धी कुनै पनि काम नहुने दाबी गरे । “न नयाँ भरिन्छ, न नवीकरण हुन्छ । फाइल बन्द हुन्छ,” उनले थपे । 

थापाले ०८४ को निर्वाचनमा तीनै तहको उमेदवार बन्ने नेताहरूलाई कार्यपत्र प्रस्तुत गराइने पनि उनले बताए । “वडाध्यक्ष हुन चाहनेले आधा घण्टा आएर म यसरी काम गर्छु भनेर एक घण्टा बोलोस् । अनि छान्ने काम चाहिँ वडाले गरोस्,” उनले थपे, “त्यसले दाइको मान्छे, दिदीको मान्छे, भिनाजुको मान्छे, कसैको मान्छे बन्दैन ।”

गुटको कुरा नमिल्दा माथिदेखि तलसम्म पार्टी कमजोर भएको उनले बताए । यसलाई बदल्न नियत र इच्छा आवश्यक पर्ने भन्दै उनले पार्टीको सदस्यताको बारेमा पनि छलफल हुनुपर्ने धारणा राखे ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro