site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मुगु, डोल्पा, हुम्ला र बाजुरामा पुग्यो एनसेलको फोरजी

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा पुगेको छ ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयहरूलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहररूसँग जोड्दै फोरजी सेवा सुरु गरेको बताएको छ ।

Dabur Nepal
NIC Asia

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठूलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला)मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) स्थापना गरिएको छ ।

कम्पनीले यी क्षेत्रमा भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको बताएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

देशभरी एनसेलको चार हजार १०० भन्दा बढी फोरजी बीटीएसहरू सञ्चालनमा रहेका छन् । एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro