site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट

काठमाडौं । अर्थ मन्त्रालयले २० हजार टन चिनी आयातमा भन्सार छुट दिने निर्णय गरेको छ । 

चाडपर्वलाई लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो ।

यसअघि चिनी आयातमा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा यी दुई संस्थालाई १५ प्रतिशत भन्सार लाग्ने मन्त्रालयका प्रवक्ता तथा सह–सचिव धनीराम शर्माले बताए ।

“चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले २० हजार टन चिनीमा १५ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरेको छ,” उनले भने, “साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन र चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो ।”

दसैं, तिहार र छठमा बढी चिनी खपत हुने गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro