देश
काठमाडौं । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ ।
सडकखण्डको नाम्सी पुलमा मंगलबार दिउँसो सुक्खा पहिरो खसेको थियो ।
कार्यालयको तैनाथ अवस्थामा राखिएको मेसिनद्वारा पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
सो सडक खण्डमा पहिरो खसेर बेलाबेलामा अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्