देश
काठमाडौं । त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट करिब एक किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका यात्रुले सो सुन ल्याएको खुलेको हो ।
उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ ।
स्रोतका अनुसार ती व्यक्तिले सुन पगालेर लेदोको रूपमा मलद्धारमा लुकाएर ल्याएको खुलेको छ ।
उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्