site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेम्वाङको निधनप्रति नेपाल भन्छन्– मुत्यु शाश्वत सत्य भए पनि मन भारी भएको छ 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व. सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । 

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् । 

Dabur Nepal
NIC Asia

“म सँग लामो राजनीतिक सहकार्य गर्नु भएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो । एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हुँदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उहाँले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन्,” अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

नेम्वाङले पार्टी निर्माणसँगै व्यवस्था परिवर्तन, समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने मान्यतासहित सिंगो जीवन नै संघर्षमा विताएको उनले बताएका छन् । 

“राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू सम्झिएको छु । उहाँको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दछु,” उनले लेखेका छन्, “कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहाँको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किंंदै छु । जन्मपछि मुत्यु शाश्वत सत्य भए पनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मनसहित लेख्दै छु– हार्दिक श्रद्धान्जली कमरेड सुवास ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना !” 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro