site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विवादास्पद गोलले मान्यता पाउँदा म्यानमारसँग हार्‍यो नेपाल

काठमाडौं । विवादास्पद गोलले मान्यता पाउँदा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग १–० को हार बेहोरेको छ । 

म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलको ८६औँ मिनेटमा विन नाइङ्ग तुनले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिँदा नेपालले हार बेहोरेको हो ।

बल म्यानमारको पेनाल्टी बक्समा रहँदा लाइन्समेनले नेपाली खेलाडी अफसाइड रहेको जनाउँदै झन्डा उठाएका थिए । तर, लाइन्समेनको यो इशारालाई मैदानका रेफ्रीले नदेख्दा म्यानमारका रक्षकले क्लियर गरेको बल काउन्टरमा म्यानमारले गोल गरेको थियो । लाइन्समेनको इशारालाई नदेखेपछि नेपाली टिमका कप्तान किरणसहित सबै सदस्य गोल खारेजीका लागि रेफ्रीसँग विवादमा उत्रिएका थिए । 

खेलभर निरन्तर आक्रमण बुनेको नेपालले करिब आधा दर्जन गोलका सुन्दर मौका सदुपयोग गर्न सकेको थिएन ।

विश्वकप छनोटको पहिलो चरणअघि नेपालले तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेलेको हो । यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई गोलरहित बराबरीमा रोकेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro