site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेशस्थित नेपाली १३ नियोगका प्रमुखहरूबीच छलफल कार्यक्रम सुरु भएको छ । ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ नाम दिइएको उक्त छलफल कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रसचिव भरतराज पौड्याल, १२ श्रम गन्तव्य राष्ट्रस्थित १३ नियोगका प्रमुख (राजदूत र महावाणिज्यदूत) सहभागी छन् । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित शाखाका कर्मचारी पनि कार्यक्रममा सहभागी छन् ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्नका लागि आवश्यक छलफल गर्न नियोग प्रमुखहरूलाई काठमाडौंमा बोलाएका हुन् । कार्यक्रमको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गरेका छन् ।

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम कार्यक्रमबाट गरिनेछ ।

विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ । बैठकबाट सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने विश्वास लिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro