site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साढे १० लाख भारुसहित एक भारतीय पक्राउ
Sarbottam CementSarbottam Cement

विराटनगर  । विराटनगरबाट भारतीय साढे १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगर–१६ बाट आइतबार पक्राउ परेका उनको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ बरामद भएको छ ।

शंका लागेर प्रहरीले झोला चेकजाँच गर्दा ५०० दरका भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । नेपालमा ५०० दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

Global Ime bank

थप अनुसन्धानको लागि पक्राउ परेका यादव र नगद राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने डीएसपी दाहालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय