site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पदयात्रा मार्गमा जाँच चौकी नहुँदा राजस्व गुम्यो’
SkywellSkywell

गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोस्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुुगमन गरेको छ ।

‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन प्रहरी, अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रतिनिधि, पर्यटनसम्बद्ध मजदुर संगठनका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले वीरेठाँटीमा स्थलगत अनुुगमनसँगै पदयात्रा क्षेत्रका समस्या, टिम्स कार्ड चेकपोष्ट नहुँदा पर्ने कठिनाइ, सुरक्षित पदयात्रालगायत विषयमा जानकारी लिएको हो ।

कोरोनामहामारीपछि टिम्स कार्ड चेकपोष्ट बन्द भएकामा त्यसयता हालसम्म खुल्न नसक्दा त्यसले टिम्स कार्ड नलिइकन यात्रा गर्ने क्रम बढेका कारण  राजस्व संकलनमा कमी आउनुका साथै पदयात्रीमा असुरक्षा समेत बढेको अध्यक्ष पन्थीले बताए ।

KFC Island Ad
NIC Asia

अनुगमनका क्रममा संरक्षण क्षेत्रबाट प्रवेशको अनुमति मात्र लिएर पदयात्रीले पदयात्रा गरिरहेको पाइएको बताउँदै उनले वीरेठाँटीबाट प्रवेशको अनुमतिबाहेक सरकारले जारी गरेको ‘टिम्स’ कार्ड नलिइ जाने विदेशी पदयात्री बढेको पाइएको बताए ।

पदयात्रीको सुरक्षालाई दृष्टिगत गरी सरकारले ‘टिम्स कार्ड’सँगै पदयात्रामा एक्लै जान नपाउने निर्णय अघिल्लो वर्ष नै गरेको उल्लेख गर्दै उनले उक्त नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । 

Royal Enfield Island Ad

पदयात्रामा एक्लै जाने क्रम बढ्दा पर्यटक बेपत्ता हुने र दुर्घटना हुँदा खोजी र उद्धारमा कठिनाइ भएपछि संरक्षित क्षेत्रमा पदयात्रामा जाने प्रत्येक विदेशीले पथप्रदर्शक अथवा सहयोगी लैजानुपर्ने नियम बनाइएको हो । सरकारले निर्णय गरेको एक वर्ष बित्दा पनि चेकपोष्ट स्थापना नहुँदा पदयात्रा क्षेत्रमा असुरक्षा बढेको उनले बताए । 

नेपाल पर्यटन बोर्डले चेकपोष्ट स्थापना नगर्दा अवैध रूपमा भ्रमण गर्ने पदयात्री बढ्दै गएका तथा राजस्व पनि गुमेको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् । अवैध ढङ्गले पदयात्रामा निस्कदा कुनै विदेशी हराए, घाइते वा ज्यान गएमा त्यसले देशको पदयात्रा पर्यटनमा  नकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै उहाँले यथाशक्य चाँडो टिम्स कार्ड चेकपोष्ट स्थापना गर्नुुपर्नेमा जोड दिए । “टिम्स कार्डसँगै उनीहरू कहाँ, कसरी र कस्तो सहयोगीका साथ जादैछन् भन्ने जानकारी हुने भएकाले उनीहरूको सुरक्षाका लागि त्यो  अपरिहार्य छ,” उनले भने । 

वीरेठाँटी भएर अन्नपूर्ण आधार शिविर, घोरेपानी, खोप्रा लेकलगायत पदमार्गमा जाने पर्यटकको सङ्ख्या गत वर्षभन्दा बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले बताए । अघिल्लो वर्षको मेसम्म यस चेकपोष्टबाट १८ हजार चार सय ९७ जना पर्यटक पदयात्रामा आइका  जानकारी दिँदै उनले यस वर्षको सोही अवधिमा २१ हजार तीन सय ५८ जना पदयात्रामा आगएका बताए । 

अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ७ र ८ का वडाध्यक्षलाई टान गण्डकीका तर्फबाट पदयात्रामा जाने पर्यटकका लागि फोहर गर्न नहुने, प्रकृति बचाउनुपर्नेलगायत उल्लेखित साइनबोर्ड हस्तान्तरण गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro