site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
देशभर वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने अनुमान
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले गर्दा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिदेखि नै देशका विभिन्न भागमा भारी वर्षा हुनुका साथै कतिपय स्थानमा मौसम बदलीको अवस्था रहेको पाइएको छ । 

मौसमविद् सरोज पुडासैनीले बाह्रखरीलाई जानकारी गराएअनुसार  आइतबार मौसम देशव्यापी रूपमा बदली र वर्षा हुने भए पनि सोमबार भने मुख्यतया पहाडी भूभागमा मात्र वर्षा हुने र मंगलबारबाट वर्षा विस्तारै कम हुनेछ ।

उनका अनुसार आइतबारदेखि आगामी तीन दिनसम्म जनकपुर, बुटवल र गोरखाको पालुङटार आसपासमा चट्याङको बढी जोखिम रहेको छ । उनले आइतबार भने देशैभर वर्षा र बदली हुने जानकारी दिए । 

Dabur Nepal
NIC Asia

महाशाखाका अनुसार आइतबार कोसी, मधेस, वाग्गमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ । 

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र  देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ । 

आगामी २४ घण्टाभित्र देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।   साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस  क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाइ यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ । 

त्यस्तै, सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र  देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना महाशाखाको भनाइ छ । 

सोमबार राति कोशी प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।  कोसी प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । 

मंगलबार राति कोसी प्रदेश र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने तथा कोसी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro