site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने साहस छैन : सीके लाल

काठमाडौं । राजनीतिक विश्लेषकहरूले बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाडेको बताएका छन् । 

आइतबार पार्टी कार्यालय सानेपामा सुरु भएको बीपी साहित्य महोत्सवमा 'बीपीको दृष्टिमा बीपी सेसन'मा बोल्दै विश्लेषक सीके लालले वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस नभएको दाबी गरे । 

“अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ । उसले प्रश्नको सामना गर्न सक्दैन,” उनले भने, “भयलाई हटाउने कसरी ? प्रकाशले मात्र अध्याँरो हटाउन सके जस्तै भयलाई हटाउने ज्ञान हो । ज्ञान विश्वविद्यालयमा पढेर मात्र हुँदैन, आत्मचिन्तन हुनुपर्‍यो त्यसका लागि अध्ययन हुनुपर्‍यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सीके लालले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको भन्दै विश्वविद्यालयको भूमिकामै प्रश्न उठाए ।

अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले नेपाली कांग्रेस पार्टीका प्रांगणमा उभिएरभन्दा बीपी र उनको विचारलाई पार्टीले अंगाल्न नसकेको बताए । 

सेसन संयोजक विश्वप्रकाश शर्माले बीपी आलोचना र प्रश्न चाहने नेता भएपनि वर्तमान राजनीति दल र उसका नेता पपुलिजममा रमाउन थाले भन्ने प्रश्नमा उनले त्यो कुरा नेपाली कांग्रेसकै नेताहरू आलेचना प्रश्न सुन्न चाहने चरित्र हाबी भएको बताए । 

अहिले दलहरू र नेतामा अंहकार हाबी भएको पनि बताए ।

“अहंकार के छ भने मैले जति कसैले जानेको छैन तिमीले मेरो फलो गर्ने हो । हप्काउने हो त्यो संस्कार बोकेको पार्टी छ,” उनले भने, “बीपीलाई बीपी बनाउने चेत के हो ? अहिले त्यो चेत भएको नेता पार्टीमा देखेको छैन । अंहकार छ सबैमा । चरित्रको कुरा हो । बीपी आफैँमा उदाहरणीय चरित्र हो । अहिले चरित्र गुमाएको पात्रसँग कुरा गर्नुको अर्थ छैन । आजको चुनौती पार्टी बाहिर समाजलाई योगदान गर्न खोज्ने बीपीको अध्ययन गर्नुपर्छ ।”

प्राध्यापक खनालले बीपीको विचार राजनीतिक दलले नबोक्ने भन्दै समाज सेवामा लागेका युवाहरूले अत्याधिक अध्ययन गर्न जरुरी रहेको बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्