राजनीति

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । बिहीबार (असार ५) बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।
उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए ।
“यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद,” उनले भने ।
थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन् ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १३:३०
प्रतिक्रिया दिनुहोस्