site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चरित्र गुमाएको राजनीतिका पात्रमा बीपी खोज्न सकिँदैन : प्रा. कृष्ण खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्राध्यापक कृष्ण खनालले बीपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरुलाई बीपीसँग तुलना गर्नै नसकिने बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवमा महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरेको सत्रमा वक्ताका रुपमा रहेका प्राध्यापक खनालले बीपीसँग तुलना गर्ने एउटा पात्र पनि अहिलेको राजनीतिमा नरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबेला प्रश्न उठाउनका लागि आग्रह गर्ने प्रधानमन्त्री बीपी र अहिलेका प्रश्न गर्नु पाउनुपर्छ तर हामीमाथि होइन, अथवा मैले समर्थन गरेको व्यक्ति माथि होइन भन्ने प्रवृक्तिलाई कसरी तुलना गर्नु हुन्छ भन्ने प्रश्नमा प्राध्यापक खनालले यस्तो व्याख्या गरेका हुन् ।

“बीपी कोइरालाले आफ्नो आलोचना गरिदिनका लागि पत्रकाहरुलाई आग्रह गर्नुभएको थियो । तर, अहिले म प्रधानमन्त्री भइसकेँ, अध्यक्ष÷सभापति भइसकेँ । मैले भनेको नमान्ने भनेर हप्काउने नेताहरु छन्,” प्रा. खनालले भने, “चरित्र गुमाएको राजनीतिका पात्रहरुमा बीपी खोज्न सकिँदैन ।”

Global Ime bank

उनले बीपीसँग तुलना गर्न योग्य पात्र राजनीतिमा नरहेको बताए ।

साहित्य बुझ्नका लागि रचनागर्भ बुझ्न जरुरी रहेको भन्दै उनले बीपीलाई बुझ्न पनि त्यस समयको वास्तविकता बुझु्नुपर्ने बताए । उनले युवाहरुलाई बीपीलाई फेरि एकपटक अध्ययन गर्न सुझाव दिँदै अहिलेको राजनीतिलाई शुद्धीकरणतर्फ लैजाने माध्यम त्यही हुन सक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement