site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माध्यमिक तहमा महिला शिक्षक १७ प्रतिशत मात्रै 

काठमाडौं । सरकारी विद्यालयका माध्यमिक तहमा महिला शिक्षक १७.४ प्रतिशत मात्रै रहेको पाइएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ । 

प्रतिवेदनअनुसार यो दर पछिल्लो तीन वर्ष यताकै कम हो । वि.स.२०७५ मा माध्यमिक तहमा महिला शिक्षकको प्रतिशत १७.४ नै थियो । त्यसयता तीन वर्ष लगातार बढ्दै गएर ०७६ मा १९.८, ०७७ मा २०.४, ०७८ मा २०.४ प्रतिशत पुगेको थियो । तर २०७९ मा यो दर घटेर फेरि १७.४ प्रतिशतमा झरेको हो । 

आधाभूत तहमा भने महिला शिक्षकको दर २०७५ मा ४३.१ प्रतिशत रहेको ०७९ सम्म आइपुग्दा बढेर ४७.२ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । 

education-1694331967.JPG

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro