site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या १,०३७ पुग्यो, हजारभन्दा बढी व्यक्ति घाइते
तस्बिर : एएफपी ।

काठमाडौं । मध्य मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ३७ पुगेको छ । एक हजारभन्दा बढी व्यक्ति घाइते भएका त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घाइतेमध्ये ७२१ जनाको अवस्था गम्भीर छ ।

मोरक्कोमा गएको यो दशकयताकै सबैभन्दा घातक भूकम्प भएको सीएनएनले उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

भूकम्पको केन्द्रविन्दु एटलस पहाडमा थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro