site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना   
फाइल तस्बिर

काठमाडौं । पाँचवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेस  प्रदेशसहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई  भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ ।

शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक  प्रभाव पनि रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro