site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

काठमाडौं । स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सरायका २० वर्षीय राजेश साहलाई जनकपुरधामबाट पक्राउ गरेको हो ।

भारतबाट नेपाली रुपैयाँ लुकाएर ओसारपसार गरिरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ  । 

उनको साथबाट नेपाली रुपैयाँ एक हजार दरको नोट एकहजार ८५० थान र पाँच सय दरको नोट चारसय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ । 

उनीमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro