site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ गराउने तयारी
फाइल तस्बिर ।

विराटनगर । सर्वोच्च अदालतको परमादेश दिएपछि नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की आज साँझ मुख्यमन्त्री नियुक्त हुँदै छन् । सर्वोच्चले बिहीबार उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरी कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तय भएको छ ।

Dabur Nepal
NIC Asia

प्रदेश प्रमुखकको कार्यालयले दिएको जानकारीअनुसार मुख्यमन्त्री नियुक्त गरी आजै शपथ खुवाउने तयारी भएको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले बताए । कार्कीले एमाले सांसद तिलकुमार मेन्याङ्बो र एकराज कार्कीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ । गत असार १५ गते कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । त्यसबेला सत्ता साझेदार दल माओवादी र जसपाले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए ।  

कोसी प्रदेश सभा ९३ सदस्यीय छ । एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) एक सांसद छन् । राप्रपा एमालेसँगको गठबन्धनमा छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro