site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसीले निर्णायक गोल गर्दा विश्वकप छनोटमा अर्जेन्टिनाको सुखद सुरुआत
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान लियोनल मेसीको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराउँदै फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुआत गरेको छ ।

घरेलु मैदान स्टाडियो मेनुमेन्टलमा भएको खेलको पहिलो हाफमा अर्जेन्टिनालाई पाहुना टिमले गोलरहित बराबरीमा रोकेको थियो । तर, खेलको निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा प्राप्त फ्रीकिकलाई सदुपयोग गर्दै मेसीले घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मेसीले ७८औँ मिनेटमा पेनाल्टी क्षेत्रभन्दा बाहिर प्राप्त फ्रीकिकमा गोल गरेका थिए । यही गोल निर्णायक बन्दा विश्वकप विजेता समेत रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटको पहिलो खेलमै तीन अंक निश्चित गर्‍यो ।

जितसँगै अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै हार व्यहोरेको इक्वेडर तालिकाको पुछारमा छ ।

Global Ime bank

दक्षिण अमेरिकी छनोटमा आजै भएको अर्को खेलमा कोलम्बियाले पनि भेनेजुयलाविरुद्ध १–० को जित निकाल्यो । कोलम्बियाको जितमा रफायल सान्तोस बोरे माउरीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै तीन अंक जोडेको कोलम्बिया तालिकाको दोस्रो स्थानमा र पराजित भेनेजुयला नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement