site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा बाह्रै महिना सिँचाइ सुविधा भएको जग्गा कति छ ?

काठमाडौं । नेपालमा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल १२ लाख ९ हजार २६५.५ हेक्टर रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘कृषिगणना २०७८’ को नतिजामा उक्त कुरा उल्लेख छ ।

“कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ,” कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो ।

पछिल्लो गणनाअनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।

“यसरी नै सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro