देश
काठमाडौं । नर्सिङ कलेज सञ्चालनका सम्बन्धमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।
समितिले दुवै पक्षलाई राखेर नर्सिङ शिक्षामा पछिल्लोपटक देखिएको समस्या समाधानका लागि छलफल गराइरहेको छ ।
छलफलका क्रममा नर्सिङ कलेज सञ्चालकहरूले आयोगको मापदण्डका कारण ठूलो संख्यामा नेपाली नर्सिङ कलेजहरु बन्द भएको र विद्यार्थी भारतका कलेजमा पढ्न पुगेको बताए ।
पछिल्लो दुई वर्षको अवधिमा बन्द रहेका नर्सिङ कलेज सञ्चालन गर्न पटकपटक पहल गरिए पनि आयोग लचिलो नहुँदा समस्या झनै थपिएको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको भनाइ छ ।
समितिमा छलफल जारी छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्