site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदूषणले वार्षिक पाँच हजार काठमाडौंवासीको मृत्यु : प्रतिवेदन
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको प्रदूषणको अवस्थाबारे वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ । 

सन् २०२० देखि २०२२ सम्म विभाग र वायु प्रदूषणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले गरेका अध्ययनको आधारमा सो प्रतिवेदन तयार पारिएको हो ।

मृत्यु हुनेमा सबैभन्दा धेरै २७ प्रतिशत ७० वर्षमाथिका नागरिक र १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । मृत्यु गराउनेमध्ये पाँच रोगका मुख्य कारण वायु प्रदूषणसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।

४२ हजार नेपालीको मृत्युको कारण बन्ने रोगहरूमा सीओपीडी श्वासप्रश्वाससँग सम्बन्धितको ६६ प्रतिशत कारक वायु प्रदूषण रहेको छ । 

यस्तै, मुटुरोगको ३४, मस्तिष्काघातको ३७, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणको कारक वायु प्रदूषण रहेको उल्लेख छ । नवजात शिशुको मृत्युको कारणमध्ये २२ प्रतिशत वायु प्रदूषण नै रहेको प्रतिवेदनमा जनाइएको छ ।

काठमाडौंमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा मात्र वार्षिक पाँच हजार ८० जनाको मृत्यु वायु प्रदूषणजन्य समस्याका कारण हुने गरेको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ (पर्टिकुलेट म्याटर) औसतमा दैनिक पाँच माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । तर, नेपालको वार्षिक औसत ५१.७ हुने गरेको छ ।

पीएम २.५ ले २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदूषणविज्ञ भूषण तुलाधार बताउँछन् ।

काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भए औसत आयु ४.६ वर्षले बढ्ने तुलाधारको भनाइ छ । वायुको गुणस्तर ३० प्रतिशत मात्र सुधारिए पनि १.२ वर्ष आयु बढ्न सक्ने उनी बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro