site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राजावादी समूह’ बताउनेले यसअघि झलनाथ खनालमाथि गरेका थिए अभद्र व्यवहार...
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ ।  पक्राउ पर्नेमा आफूलाई ‘राजावादी समूह’ का सदस्य बताउने नुवाकोट विदुर नगरपालिकाका श्यामबहादुर सापकोटा छन् ।

उनले यादवलाई रिपोर्टस क्लबको कार्यक्रममा बोलेर फर्किदै गर्दा पछाडिबाट खुकुरी प्रहार गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले बताए । प्रहरीसँगको प्रारम्भिक अनुसन्धान क्रममा सापकोटाले आफू राजावादी भएको र राष्ट्र बचाउन यादवमाथि खुकुरी प्रहार गरेको बयान दिएका छन् ।

पछिल्लो समय विभिन्न पार्टीका शीर्ष नेतामाथि आफूलाई राजावादी बताउँदै हिड्ने समूह भौतिक रुपमै आक्रमण गर्न थालेका छन् ।  यसअघि १७ जेठमा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालमाथि समेत सार्वजनिक मञ्चमै अभद्र व्यवहार भएको थियो ।

आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिले खनालमाथि अभद्र व्यवहार गरेका थिए । त्यो बेला प्रहरीले सन्तोषसहित ९ जनालाई पक्राउ गरेको थियो । अनामनगरमा राखेको अन्तरक्रिया कार्यक्रममा खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेललगायतका नेता उपस्थित थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro