site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल चोरेर नम्बर परिवर्तन, दुईजना प्रहरीको नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित चप्पलकारखानाबाट नियन्त्रणमा लिइएको हो ।

ट्राफिक प्रहरीले नुवाकोटको सुर्यगढी गाउँपालिका–२ का ४५ वर्षीय दीपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका–२ का २८ वर्षीय सन्तोष घलेलाई  नियन्त्रणमा लिएको हो । 

गत जेठ २ गते काठमाडौंको मनमैजुबाट वाग्मती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका–१ झोरबाट वाग्मती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो । 

मोटरसाइकल खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई र वाग्मती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखी चलाइरहेको अवस्थामा घलेलाई आज पक्राउ गरिएको हो । 

नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगञ्जमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro