site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूको चिन्ता– मेयरले 'सिंहदरबार जलाउँछु' भन्दा पनि समर्थन, मुलुक कता जाँदै छ ?

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले जनतामा सांसद र सरकारमाथि विश्वास घटेको बताएका छन् । मंगलबार समिति बैठकमा बोल्ने सांसदहरूले सरकार र राजनीतिप्रति विश्वास घटेकै कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आपत्तिजनक भाषामा टीकाटिप्पणी गर्दासमेत जनताले उनलाई साथ दिइरहेको बताए । 

बैठकमा नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा फैलिएको बताइन् । मेयर शाहले 'सिंहदरबार जलाउँछु' भनेर अर्मायादित टिप्पणी गर्दासमेत जनता उनकै पछि लागेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । 

“मेयरले सिंहदरबार जलाउँछु भन्दा समर्थन त्यता छ । मुलुक कता जाँदै छ ? यो सहज परिस्थिति हैन । मेयरको श्रीमती बसेको ट्राफिकले बुझ्न जरुरी छैन । एउटा आमा मेयरको घर गएर माफी माग्नुपरेको छ । कस्तो अवस्था आयो ?,” उनले भनिन् । 

Dabur Nepal
NIC Asia

अर्की सांसद सरिता प्रसाईंले पनि जनताले सांसदलाई नपत्याउनु गम्भीर विषय भएको बताइन् । “मेयरले आगो लगाउँछु भन्दा समर्थन उतै छ । जनताले सांसदहरूलाई किन पत्याएको छैन ? यो गम्भीर छ,” उनले भनिन् । 

निर्वाचन महँगियो, भद्रगोल सुशासन

बैठकमा बोल्ने सबै सांसदहरूले देशको सुशासन अवस्था भद्रगोल भएको उल्लेख गरे । सांसद राजेन्द्र पाण्डेले संघीय व्यवस्थामा स्थानीय सरकारले गरेको गल्तीको भारी पनि केन्द्र सरकारले बोक्नुपर्ने अवस्था आएको बताए ।

“सुशासन धेरै बिग्रेको छ । तीन तहको सरकार छ, कामको हिसाबले हेर्दा गाउँपालिका सरकारले बिगारे आक्षेप माथि टाउकोमा आउँछ । यतातिर ध्यान दिऊँ,” उनले भने । 

सांसद पाण्डेले संविधान बनिसकेको आठ वर्ष बितिक्दा पनि आवश्यक कानुन नबनेकोमा पनि ध्यानाकर्षण गराए । उनले संघीयता नै कुर्सीमा पुग्ने माध्याममा सीमित भएको धारणा राखे । 

“दुईपटक निर्वाचन गरिसकेका छौँ । निजामती ऐन, प्रहरी समायोजन, शिक्षा ऐन आएको छैन, संघीयता विरोधी हामी नै हौ,” उनले भने, “पालो–पालो गरेर ठूला पार्टी नै मन्त्रालय चलाएर मन्त्री भएका छन् । हामीले ऐन ल्याउन सकिएन, केवल कुर्सीमा पुग्न मात्र संघीयता भन्ने देखिन्छ । यो कुरामा गम्भीर हुन जरुरी छ ।”

सांसद चित्रबहादुर केसीले पनि राजनीतिक दल र नेतृत्वप्रति जनतामा सकारात्मक नजर नभएको उल्लेख गरे । यसले व्यवस्थामाथि नै खतरा बढाएको तर्क उनको थियो ।

“व्यवस्थामाथि प्रश्न उठेको छ । यसमा परिवर्तन ल्याउन नसके लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । यो ढलेको हेर्न मात्र बाँकी रहन्छ,” उनले भने, “निर्वाचन प्रणाली महँँगो भयो, यसलाई फेर्नुपर्छ ।”

अर्का सांसद हृदयराम थानीले भ्रष्टचार काण्डमा कसरी विषय अघि बढ्छ भन्दै प्रश्न गरे । उनले गिरीबन्धु टी स्टेट, वाइडबडी, भेप काण्डको विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने धारणा राखे । निर्वाचन प्रणाली महँगो भएको भन्दै उनले साधारण मानिस निर्वाचन लड्न नसक्ने स्थितिमा पुगेको बताए । 

“निर्वाचन प्रणाली महँगो भयो, साधारण मान्छेले थेग्नै सक्दैन । के निर्वाचन प्रणाली बनायौँ, यो निर्वाचन प्रणाली कसले धान्ने हो ? अब हामी धान्न सक्दैनौँ,” उनले भने । 

सांसदहरूले प्रधानमन्त्री कार्यालयको सचिवालय सुस्त भएको भन्दै प्रश्न उठाएका छन् । उनीहरूले सचिवहरू प्रधानमन्त्री कार्यालयमा जान नचाहने, सरुवा भए आफूले सजाय पाएको ठानेर काम नगर्ने भएकाले यी विषयमा पनि छलफल हुन जरुरी रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro