site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याय परिषद्को बैठक छल्न खोजेको होइन : कानुनमन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आफूले न्याय परिषद्को बैठक छल्न नखोजेको बताएका छन् । मंगलबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताए ।

आफू जिम्मेवारीबाट नभाग्ने स्पष्ट पार्दै उनले विगतमा कहिले प्रधानन्यायाधीश त कहिले आफू काठमाडौं उपत्यका बाहिर रहेको कारण न्याय परिषद्को बैठक बस्न नसकेको बताए । उनले बैठक नबस्नुमा आफूलाई मात्र आरोप लगाउन नमिल्ने बताए ।

बैठक बस्न नसक्नुको सन्दर्भमा एकले अर्कोलाई आरोपित पनि गर्नु नहुने भन्दै उनले न्याय परिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडि बढाइरहेको बताए । न्यायाधीश नियुक्ति छिटोभन्दा छिटो हुनुपर्नेमा जोड दिँदै उनले न्याय क्षेत्रमा शुद्धीकरण अभियान चलाउनुपर्ने पनि बताए ।

काबिल, क्षमतावान व्यक्तिहरुलाई न्यायाधीश नियुक्त गर्नका लागि गहन छलफल भइरहेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro