site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वर्षमान पुन भन्छन्– भ्रष्टाचारमा संलग्न पार्टीभित्रैको भए पनि छोड्नुहुन्न
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जो कोही पनि छोड्न नहुने बताएका छन् । उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टीभित्रकै नेता भए पनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको पनि बताए ।

पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए । निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाइ छ । पुनले कुनै पनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

"हामीले बारम्बार प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र सबै साथीहरूलाई भनिराखेका छौँ– हामी कोही पार्टीकै नेता हौँला । कोही नेताका परिवार होलान् । या कोही नजिकको साथी होला । यदि दोषी देखिन्छ भने कसैलाई छोड्नु हुँदैन । अरूअरूतिर होइन, पहिला आफूतिर हेर्ने हो । तर, निर्दोष छ भने त्यो भिक्टिम हुनु हुँदैन," पुनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय