काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.४५ अंक घटेर बन्द भएको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।
यस दिन ७९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार एक अर्ब नौ करोड रुपैयाँको कारोबार भएको थियो ।
परिसूचक १९६१.३७ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका १३ समूहगतमध्ये व्यापार र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ ।
व्यापार समूहको परिसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक कारोबार रकमका आधारमा बजार हिस्सा ओगट्नेमा माछापुच्छ्रे बैंक हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड प्रमोटर सेयर रहेको छ । यो कम्पनीको सात करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।