site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमरेशको प्रस्ताव : लेखा समितिमा सीए राखौँ, पूर्वअर्थमन्त्री नराखौँ

काठमाडौं । सांसद अमरेशकुमार सिंहले लेखा समितिमा अडिट गर्नका लागि सीए राख्ने प्रस्ताव गरेका छन् ।

मंगलबार बसेको लेखा समितिको बैठकमा उनले समितिमा सीए राख्न प्रस्ताव गरेका हुन् । उनले समितिमा पूर्वअर्थमन्त्रीलाई नराख्न प्रस्ताव गरे । पूर्वमन्त्रीलाई समितिमा राख्दा स्वार्थ बाझिने उनको भनाइ छ ।

उनले पहिले आफूहरु पारदर्शी हुनुपर्ने बताए । भने, “हामी पहिले आफै पारदर्शी बनौँ, देश विदेश जहाँबाट हेर्न चाहे पनि तीन करोड नेपालीले हेर्न पाउने व्यवस्था गरौँ ।”

उनले आफूहरुलाई जनताले क्षेत्रमा घुम्न मात्र नभएर काम गर्न पठाएका बताए । समितिको बैठक निरन्तर गर्न पनि उनको प्रस्ताव छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro