site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक दललाई कहाँबाट पैसा आयो, केमा खर्च हुँदै छ हेर्नुपर्छ : योगेश भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले आर्थिक कार्यविधि ऐनमा समस्या भए संशोधन गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको लेखा समितिको बैठकमा उनले राष्ट्रिय मान्यताप्राप्त दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्ने बताए । समितिले दलको खर्चको स्रोत पनि हेनुपर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“समितिले राष्ट्रिय मान्यता प्राप्त दलहरूको लेखा हेर्नुपर्छ, खोज्नुपर्छ । राजनीतिक दलको ऐन पनि हेर्नुपर्छ,” भट्टराईले भने, “कहाँबाट स्रोत आयो, खर्च आयो, खर्च कसरी भइरहेको छ, कहाँबाट चलेको छ हेर्नुपर्छ ।”

सम्बन्धित दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने÷नबन्ने, टिकट दिने÷नदिने सम्बन्धित दलले निर्णय गर्ने उनको भनाइ छ ।

Global Ime bank

भट्टराईले रिटायर भएका व्यक्ति संवैधानिक अंगमा जाँदा पनि ध्यान दिन उनको सुझाव छ ।

“कुनै सचिव रिटायर भएपछि संवैधानिक अंगमा जान्छ । उसको कार्यकालमा बेरूजु छ, भ्रष्टाचार भएको छ, अनि उ अख्तियार प्रमुख भएर जान्छ । यो मिल्दैन यसमा पनि ध्यान दिनुपर्छ,” उनले भने ।

उनले लेखा सुशासनसँग जोडिएको समिति भएकाले आवश्यक परे कारबाही गर्नेसम्मको सिफारिस र निर्देशन दिइनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC