site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इल्या र राजेशलाई क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालीन शाही नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट रतनबहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र पत्रकार राजेश खनाललाई प्रदान गरिने भएको छ ।

सूचक प्रकाशनले ६ वर्षदेखि संयोजन गर्दै आएको क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार यो वर्ष भट्टराई र खनाललाई प्रदान गर्न लागिएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

२०४० को दशकदेखि नेपाली साहित्य लेखनमा प्रवेश गरेकी भट्टराईको ‘मनै त हो’, ‘अनि’, ‘लफबराको वरिपरि’, ‘निःशब्द प्रश्नहरू’, ‘युरोप नौलो परिवेश’, ‘कसले के बुझ्यो’, ‘जीवनका रंगहरू’, ‘म साँच्चिकै हराइछु’, ‘त्यो एउटा बिहान’, ‘दक्षिणायन’लगायत विभिन्न विधाका दश पुस्तक प्रकाशित भएका छन् । 

पुरस्कारका लागि चयन भएका राजेश  खनाल साढे तीन दशकदेखि कला तथा साहित्यिक पत्रकारितामा सक्रिय छन् । राजेश हाल बाह्रखरी मिडियामा आबद्ध छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement