site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलबाट ‘पास’ भएको गाँजा र चरेस हङकङमा बरामद, छानबिनमा जुट्यो प्रहरी

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

हङकङबाट कार्गोमार्फत ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको सुन भन्सारकै कर्मचारीको मिलेमतोमा बाहिरिएको खुलेको थियो । गएको साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट सो सुन बरामद गरेको हो ।

सुन प्रकरणले विमानस्थलको सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न उठाइएको छ । ठिक यही बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा उत्पादित लागुऔषध गाँजाचरेस बाहिरिने गरेको तथ्य बाह्रखरीले फेला पारेको छ ।

गएको साउन २६ गते नेपाल एयरलाइन्सको विमानमार्फत गाँजा र चरेस हङकङ पुर्‍याइएको खुलेको हो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नै गाँजा र चरेस हङकङ पुर्‍याइएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

हङकङ प्रहरीले उक्त गाँजाचरेस नियन्त्रणमा लिएपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो । साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाली अधिकारीलाई जानकारी गराएको हो ।

नेपालबाहिर पठाइने कार्गोको साम्रगी ‘चेकिङ’मा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली खटिने गरेको छ । हङकङमा बरामद गाँजाचरेस त्रिभुवन विमानस्थलबाट कसरी सजिलै बाहिरियो भन्नेबारे ब्युरोले आन्तरिक छानबिन सुरु गरेको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाइएको ब्युरो स्रोतले जानकारी दिएको छ ।

को–को थिए कार्गोका सामग्री चेकिङमा ?
ब्युरो स्रोतका अनुसार साउन २६ गते वरिष्ठ सई निरन्जन पनेरुले कार्गो चेकिङको नेतृत्व गरेका थिए । प्रहरी सहायक निरीक्षक (असई)द्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत समेत त्यहाँ खटिएका थिए । पनेरुकै संलग्नतामा गाँजाचरेस बाहिरिएको आशंका गरिएको छ ।

विराट ग्लोबल प्राइभेटका सञ्चालकसँग पनेरुको सम्बन्ध रहेको खुलेको स्रोतले बतायो । कार्गोमार्फत गाँजाचरेस पठाउँदा वरिष्ठ सई पनेरुले नै सहजीकरणका लागि निर्देशन दिएको ब्युरोको प्रारम्भिक छानबिनमा देखिएको छ ।

पनेरु विगत नौ वर्षदेखि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन् । उनी यसअघि समेत विवादमा मुछिएका प्रहरी कर्मचारी हुन् । त्यति बेला उनलाई २ नम्बर प्रहरी गण (सामाखुसी)मा तानिएको थियो । शक्तिकेन्द्रको दबाबमा उनी पुनः सोही ब्युरोमा फर्किएका हुन् ।

ब्युरोको प्रारम्भिक छानबिनका क्रममा किताबका रूपमा ‘प्याकिङ’ गरेर गाँजाचरेस तस्करी गरिएको देखिएको छ । त्यसलाई बिनाचेकिङ पठाइको समेत खुलेको छ ।

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले सो घटना भएको पुष्टि गरे । तर, त्यसबारे अहिले नै केही बोल्न नमिल्ले उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro