site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाओमीले रोमाञ्चक अफरका साथ ल्यायो 'स्योर–सट सेप्टेम्बर मेला'

काठमाडौं । शाओमीले सेप्टेम्बर १ देखि विशेष अफर योजना 'स्योर–सट सेप्टेम्बर मेला' सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकले तोकिएका रेडमी स्मार्टफोनको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोन निःशुल्क पाउन कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यो अफरले ग्राहकलाई विशेष अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

अफर अन्तर्गत रेडमी ए२ र ए२+ को हरेक खरिदमा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउने छन् ।

यस्तै, हरेक रेड्मी १२सी को खरिद गर्ने ग्राहकले निःशुल्करूपमा रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्ने छन् । दुवै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५ मा समाप्त हुने कम्पनीले जनाएको छ ।

यो अफर रेडमीका नेपालभर रहेका रिटेल आउटलेटमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro