site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
भारोत्तोलन टोलीको बिदाइ
SkywellSkywell

काठमाडौं । रियादमा हुने आईडब्लूएफ विश्व च्याम्पियनसिपमा हुने नेपाली भारोत्तोलन टोलीलाई आइतबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा बिदाइ गरिएको छ । एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले टोलीलाई बिदाइ गरे ।

नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउन लागेको हो । भदौ १७ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदै छन् ।

KFC Island Ad
NIC Asia

पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।

प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । गुप्त शुक्रबारै रियाद प्रस्थान गरिसकेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कांग्रेसमा सहभागी हुन रियाड जाने छन् ।

व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ मा रियाद जाँदै छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाड उड्ने छन् । अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro