site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रबर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्रको सहकार्य' विषयक छलफलमा वक्ताहरूले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रबर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो ।

नेपाल सरकार सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्वमुख्य तथा परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाली नियोगहरूले आफ्नो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । मुख्य सचिव बैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिँदै आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायहरूसँगको सहकार्य पनि आवश्यक रहेको बताए । यसैगरी निजी क्षेत्रले पनि वस्तु र बजार विविधीकरणमा ध्यान दिनुपर्ने पनि बताए ।

श्रम सचिव केवल भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भन्नुपर्ने सुझाव दिए । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए । वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत भूमिका बढाउन आवश्यक रहेको बताए । यसैगरी अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । पर्यटन सचिव भरतमणी सुवेदीले नयाँ खुलेका पोखरा र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिए ।  

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूुतहरूको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरूले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए ।

"नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ," उनले भने । धेरै उदीयमान र विकसित अर्थतनत्रहरूमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रबर्द्धनका आधारमा राजदूतहरूको मूल्यांकन हुने गरेको बताए ।

नवनियुक्त राजदूतहरूको तर्फबाट बोल्दै थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भएर सुझाव दिनुपर्ने वताए ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरूको निरन्तर सहकार्य रहने बताए ।   

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर वली, यूएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्विट्जरल्यान्ड लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro